समाचार

वायु प्रदूषणको हिसाबले काठमाडौँ विश्वकै दोस्रो सहर



काठमाडौँ, २३ वैशाख । आज काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो सहरको रुपमा सूचीकृत भएको छ ।

‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ७७ पुगेको छ । 

गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ९५ पुगेको थियो । शनिवार भने घटेर वायु गुणस्तर सूचकांक (एक्यूआई) एकसय ८५ रहेको थियो । 

एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित सहरको रुपमा भने भारतको दिल्ली सहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई)  दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ सहर विश्वकै तेस्रो प्रदूषित सहरको रुपमा सूचीकृत भएको छ ।