समाचार

आजको मौसम



काठमाडौँ, १ भदौ । आज आइतबार काठमाडौँ लगायत देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार मध्य र पूर्वका केही ठाउँमा दिउँसो र देशको सबैजसो पहाडी भेगमा राति ठूलो पानी पर्ने सम्भावना रहेको छ । पहाडी भू–भागमा राति भारी वर्षाको सम्भावना भएकाले सडक यातायातमा अवरोध आउन सक्ने साथै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अबको केही दिनको मौसम यस्तै किसिमको रहने महाशाखाले जनाएको छ ।