राजनीति

नेकपाले टुंग्यायो जबसको जिम्मेवारी, को कता ? (सूचीसहित)



काठमाडौँ, २ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले जनवर्गीय संगठनको जिम्मेवारी टुंग्याएको छ ।

उपत्यका विशेष कमिटिको इन्चार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल, अरुण नेपाल अध्यक्षमा राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपानेलाई जिम्मा दिएको छ।

उपत्यका विशेष कमिटी अन्र्तगतको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्जमा माधव ढुंगोल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्षमा रमेश मल्ल र सचिवमा सुनिता बराल, युवा इन्चार्जमा महेश बस्नेत, सहइन्चार्जमा रामप्रसाद सापकोटा (दीपशिखा), मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा बिना श्रेष्ठ, सहइन्चार्जमा कुमार पौडेल, अध्यक्षमा जगत सिम्खडा र सचिवमा नरनाथ लुइँटेल, पेशागत विशेष जिल्ला कमिटीको इन्चार्जमा केशव नेपाल, सहइन्चार्जमा प्रेमल खनाल अध्यक्षमा प्रेम पराजुली र सचिवमा कृष्ण केसी, उधोगी व्यवसायी विशेष जिल्लाको इन्चार्जमा पार्वत गुरुङ, सहइन्चार्जमा शशी श्रेष्ठ, अध्यक्षमा नाम टुंगो लगाउन बाँकी र सचिवमा चन्द्र रिजाल, केन्न्द्रीय सम्र्पक समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मा, सहइन्चार्जमा डिलाराम आचार्य, विजय गुरुङ, झक्कु सुवेदी, अध्यक्षमा प्रह्लाद बुढाथोकी, सचिवमा नरेन्द्र श्रेष्ठले जिम्मेवारी पाएका छन्।

सम्र्पकको प्रदेश १ मा इन्चार्ज किशोर अधिकारी, सहइन्चार्जमा हेमकुमार राई, अध्यक्षमा इन्द्र भण्डारी र सचिवमा ध्रुव आङदाम्वे, प्रदेश २ को इन्चार्जमा अच्युत मैनाली, सहइन्चार्जमा भरत शाह, अध्यक्षमा सुनिता यादव र सचिवमा विष्णु यादव, प्रदेश ३ को इन्चार्जमा गणेश पहाडी, सहइन्चार्जमा युवराज दुलाल, अध्यक्षमा कमला दोङ र सचिवमा श्याम वस्नेत, गण्डकी प्रदेशको इन्चार्जमा दिलु पन्त, सहइन्चार्जमा चुडामणि खड्का, अध्यक्षमा तारा कुमार र सचिवमा विष्णु सिग्देल, प्रदेश ५ को इन्चार्जमा मानबहादुर बुढा, सहइन्चार्जमा गौराप्रसाद कोइराला, अध्यक्षमा थानेश्वर वस्याल र सचिवमा सुनिता रोकाया, कर्णाली प्रदेशको इन्चार्जमा झकबहादुर मल्ल, सहइनचार्जमा गोविन्दबहादुर साह, अध्यक्षमा पूर्णबहादुर मल्ल र सचिवमा चित्रबहादुर घर्तीमगरले जिम्मा पाएका छन् । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।