Banner News

जनतालाई आशा भरोसा जगाउने बजेट ल्याउने तयारी छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि १८ देखि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी रहेको बताएका छन् ।

शनिवार काठमाडौँमा भएको माओवादी केन्द्रको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले बजेट सिलिङ बनिसकेको र त्यसको तयारीमा लागिपरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जनतालाई आशा भरोसा जगाउने खालको बजेट ल्याउने तयारी गरेको जानकारी गराएका छन् । 

दलका सांसदहरूलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘बजेटको सिलिङ बनिसकेको त छ तर सिलिङ केही बढ्छ, अहिले त्यसको तयारी भइरहेको छ । १८ खर्बको बजेट ल्याउने निश्चित भए पनि त्यसमा थप एक खर्ब बढ्न सक्छ । जनतालाई आशा र भरोसा बढाउने लोकप्रिय बजेट बनाउनका लागि आवश्यक तयारी गरिरहेका छौँ ।’