राजनीति

आत्महत्या गर्नुअघि पुडासैनीले पाँच मिटर डोरी किनेको पसल भेटियो



चितवन, २ भदौ । आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ ।

गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको हो । लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको चितवन प्रहरी स्रोतले बताए ।

चितवन प्रहरीले श्रेष्ठको पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क लगेर थप अनुसन्धान थालेको हो ।

नारायणगढ बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे आएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए ।  पुडासैनीले पैसा तिरेर प्लाटिकको झोलामा राखेर डोरी लगेको देखिन्छ ।

पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सोही आधारमा प्रहरीले पत्रकार लामिछानेसहित अन्य दुईजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।