समाचार

ट्रक र ट्याक्सी ठोकिँदा एकको मृत्यु : एकै परिवारका ४ जना घाइते



चितवन, ७ भदौ । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लीङमा ट्रक र ट्याक्सी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।

शुक्रवार भएको दुर्घटनामा परि मृत्यु हुनेमा काभ्रे बनेपा नगरपालिका–१० वस्ने ६४ वर्षीया राधिकादेवी वराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्याक्सीलाई ठक्कर दिएको थियो । एच आर ५८ ए ८१०२ नम्बरको ट्रकले बा२ज २५४ नम्बरको ट्याक्सी ठक्कर दिई घाइते भएकी बरालको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ मृत्यु भएको हो ।

घाइते हुनेमा सोही स्थानका नारायण वराल, सीतादेवी अधिकारी, चन्द्रकला अधिकारी र बाबुराम अधिकारी रहेको प्रहरीले जनाएको छ ।