समाचार

सार्वजनिक सम्पत्ति उपभोग   गर्न पाए मज्जा मान्ने प्रवृति हामीभित्र छः ईश्वर



काठमाडौ,७ भदौ। कार्यवाहक प्रधानमन्त्री एवम् नेकपा नेता ईश्वर पोखरेलले व्यक्तिहरुको गलत चिन्तनको कारण सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौती रहेको बताए। सार्वजनिक सम्पत्ति कब्जा गर्न पाए मजा मान्ने चिन्तन र प्रवृत्ति आफूहरुभित्रै रहेको उनले सुनाए।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश ३ सरकारद्वारा निर्मित ‘लम्टाङ्िगन टुसाल पार्क’ उदघाटन कार्यक्रममा उनले वताएका हुन् । ।

‘अहिले एउटा हाम्रो अगाडि चुनौति छ । सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने म तपाईंहरुलाई तोकेर भन्न चाहन्न । हामीभित्रै समस्या छ ।

‘सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन् । यो गलत चिज हो । यसको विरुद्धमा वास्तवमा हामी सबैले जुध्नुपर्छ । सार्वजनिक सम्पत्ति सबैको सम्पत्ति हो । जनताको सम्पत्ति हो । त्यसको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।

पोखरेलले निर्वाचित भएका प्रतिनिधिहरुले मात्र नभई निर्वाचित नभएका आम सचेत नागरिकहरुले पनि सार्वजनिक सम्पत्तिको रक्षा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माणको कामले गति लिएको बताए । धरहरा, रानीपोखरी, काष्ठमण्डप लगायतका संरचना पुनर्निर्माणको धमाधम भइरहेको भन्दै जानकारी दिँदै उनले यस काममा कहीँ कतैबाट अवरोध गर्न नहुने बताए ।