समाचार

सालकको खपटासहित दुईजना पक्राउ



भक्तपुर, १० भदौ । भक्तपुरबाट सालकको खपटासहित दुईजना पक्राउ परेका छन् ।

सोमबार दिउँसो भक्तपुर नगरपालिका-१० स्थित कमलबिनायक चोकबाट सालकको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई ३ सय ८० ग्राम सालकको खपटासहित काभ्रे मण्डनदेउपुर नगरपालिका-८ का २७ वर्षीय श्याम बहादुर तामाङ र १७ वर्षीय बिशाल तामाङ पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।