सम्पादकीय

फास्टट्रयाक मुआब्जा चुनौती



नेपाली सेनाले निर्माणको जिम्मा पाएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग विविध समस्याका बाबजुद द्रुततर गतिमा अघि बढेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको इन्जिनियरिङ विभाग काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको कार्यालयले एसियाली हाइवे मापदण्ड प्राइमरी क्लास ‘ए’ अनुसार निर्माण हुने काठमाडौं–तराई द्रुतमार्ग ललितपुरको खोकनाबाट बारा जिल्लासम्म ७२ दशमलव ५ किलोमिटरको रहेको छ ।

सरकारले २०७४ वैशाख २१ गते उक्त आयोजनालाई राष्ट्रिय गौरवको यो आयोजना घोषणा गरी निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । सरकारले उक्त आयोजना २०७४ साउनमा नेपाली सेनालाई हस्तान्तरण गरेको थियो। यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।