समाचार

नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना, एक जनाकाे मृत्यु



सुर्खेत, ११ भदौ । सुर्खेतको सिमानामा पर्ने हर्रेमा बस  दुर्घटना हुदा एक जनको मृत्यु भएको छ ।

नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नंको बस दुर्घटना  हुदा एक महिलाको मृत्यु भएको छ भने १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु हुने महिलाको सनाखत हुन सकेको छैन भने घाइते २५ जनालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ ।

सो घटनाबारे थप विवरण आउन बाँकि छ ।