समाचार

आजको मौसम



काठमाडौँ, ११ भदौ । आज काठमाडौँ लगायत देशभरी पानी कम पर्दा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको समयमा वर्षा हुने प्रणाली नेपालबाट दक्षिणतर्फ रहेकाले कम पानी परेको र बादल पनि कम लागेकाले गर्मी बढेको महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावले तत्काल नै ठूलो पानी पर्ने कुनै प्रणाली नदेखिए पनि पहाडी भेगका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएको छ ।