राजनीति

प्रदेश ३ मा दुई वटा विधेयक पारित



हेटौंडा, १२ भदौ । प्रदेश ३ कोे प्रदेशसभा बैठकले दुई वटा विधेयक बहुमतले पारित गरेको छ ।

बैठकले प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था विधेयक-२०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण विधेयक २०७६ बहुमतले पारित गरेको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सूचनाको हक सम्बन्धी विधयेक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले राष्ट्रिय वनको संरक्षण सम्बन्धी विधेयक पारित गर्न प्रस्ताब गरेका थिए ।