राजनीति

प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार आगामी साता पूरा



काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार आगामी साता पूरा हुने भएको छ ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकार बिष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको र अर्को साता पूरा हुने जानकारी दिएका छन ।

उनले सामाजिक सन्जाल ट्वीट मार्फत जानकारी गराउदै भनेका छन, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ । ‬‪उहाँको नीजि चिकित्सक प्रा.डा.दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ । ‬‪उहाँको अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ । ‬‪सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ ।’