समाचार

तुर्किस्तान पठाइदिने भनेर ठगी गर्ने एकजना पक्राउ



काठमाडौँ, १२ भदौ । तुर्किस्तान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार जोरपाटी क्षेत्रबाट रामेछापका ३४ वर्षीय हर्कबहादुर तामाङ पक्राउ परेको हो । उनले भोजपुरका उमेशकुमार तामाङलाई तुर्किस्तानमा सेक्यूरिटी गार्डमा जागिर लगाइदिन्छु भनेर ३ लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएको उजुरी परेको थियो ।

प्रहरीका अनुसार तामाङले अन्य ४ जनाबाट पनि ३ लाख रुपैयाँको दरले रकम लिएर ठगी गरेको खुलेको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।