विश्व

लिबियाली सामुद्रिक क्षेत्रमा डुङ्गा दुर्घटना हुदा कम्तीमा ४० यात्रुको मृत्यु



एजेन्सी, १२ भदौ । लिबियाली सामुद्रिक क्षेत्रमा डुङ्गा दुर्घटना हुदा कम्तीमा ४० यात्रुको मृत्यु भएको आशङ्का गरिएको छ ।

यूएनएचसीआरले दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो भने ४० जनाको मृत्यु भएको आशंका गरिएको छ ।

दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए । यूएनएचसीआरका प्रवक्ता चार्ली याक्सलेले घटनाबारे ट्वीटरमार्फत जानकारी गराएका हुन् ।