विश्व

संविधान दिवसमा नेपाल आउन सक्दिनँ : प्रधानमन्त्री मोदी



काठमाडौँ, १२  भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान दिवसमा नेपाल आउन नसक्ने खबर पठाएका छन् ।

अघिल्लो साता भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई संविधान दिवसको प्रमुख अतिथि बन्ने गरी नेपाल आउन निम्तो पठाएका थिए ।

असोज ३ गते चौंथो संविधान दिवस मनाइँदै छ। स्रोतका अनुसार ‘मोदीलाई नेपालको संविधान दिवसको प्रमुख अतिथि बन्न औपचारिक निम्तो गएको थियो, मोदी असोज २ गते नै अमेरिका जाने कार्यतालिका रहेछ । त्यसैले उहाँले नेपाल आउन नसक्ने खबर पठाउनुभएको छ ।’

मोदी असोज २ देखि ७ गतेसम्म अमेरिकाको विभिन्न राज्यको भ्रमणमा जाने तय भएको छ ।