समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



मकवानपुर, १२ भदौ । चट्याङ लागेर मकवानपुर गढीमा एक महिलाको ज्यान गएको छ ।

बुधबार साँझ आफ्नै घरमा बसिरहेको बेलामा चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका–२ गढी की ३० वर्षीया सुन्तली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर घाइते भएपछि उपचारका लागि हेटौँडा अस्पतालमा उपचारको क्रममा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।