समाचार

भक्तपुर पातञ्जल अभियान तिव्र गतिमा : एकै हप्तामा ३ ठाँउमा केन्द्र विस्तार



भक्तपुर, १२ भदौ । नबराज काफ्ले । पातञ्जल योग समिति भक्तपुरले एकै हप्तामा ३ ठाँउमा योग केन्द्र विस्तार गर्दै तिव्रता दिएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं १ मा, सुरक्षा मल्ल ठकुरीको अध्यक्षतामा उपाध्यक्ष दुर्गा थापा, सचिव शुनिल न्यौपाने, कोषाध्यक्षमा, कल्पना मल्ल ठकुरी, सत्यजीत मल्ल ठकुरी, सहसचिवमा विजयराज खनाल, सदस्यहरुमा शुष्मा न्यौपाने, सावित्री न्यौपाने, मन्जु न्यौपाने, मन्जु सापकोटा, राममणी तिमल्सीना, राजन पौडेल, पार्वती न्यौपाने, नारायणी न्यौपाने, लक्ष्मी न्यौपाने, शोभा भण्डारी, उषा खनाल, उमा खनाल, विष्णुहरि थापा, नारायणी न्यौपाने रहेको दुबुलापेश्वर योग साधना केन्द्र विस्तार गरिएको छ ।

मध्यपुर नगरपालिका वडा नं ३ गट्ठाघरमा श्रृजना तमौटको अध्यक्षतामा उपाध्यक्षमा प्रधुम्न पौडेल, सचिव मैया पोखरेल, कोषाध्यक्ष लक्ष्मी थापा, सदस्य सीता उप्रेती, दीपा अधिकारी, सुमित्रा बज्रचार्य, संगिता खड्का, सूर्यलक्ष्मी श्रेष्ठ, भवानी रानाभाट रहेको सामूदायिक योग साधना केन्द्र विस्तार गरिएको छ ।

चाँगुनारायण ५ मा राजकुमार खत्रीको नेतृत्वमा उप संयोजक पवित्रा तिमल्सिना रहेको राधाकृष्ण योग साधना केन्द्र विस्तार गरिएको छ । पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवाल, केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदी, भक्तपुर जिल्ला अध्यक्ष योग प्रसाद आचार्य लगायतका वक्ताहरूले पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुर विस्तार अभियानमा होमिनु भएका क्रियाशिल नेतृत्वलाई बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।