समाचार

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



तनहुँ, १३ भदौ । तनहुँको भिमाद गाउँपालिका-४ धवाडीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बिहीबार साँझ लु १ ख ९१८९ नम्बरको बसले पैदल हिडिरहेका स्थानीय ४९ वर्षीय मोहनसिंह थापालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बस सहित चालकलाई इलाका प्रहरी कार्यालय भिमादले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।