समाचार

भीरबाट जीप खस्दा दुईजनाको मृत्यु



काठमाडौँ, १४ भदौ । मेल्लेक गाउँपालिका-७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जाना घाइते भएका छन् ।

शुक्रबार साझ से१ज ९८६ नंको जीप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भीरमा खस्दा मेल्लेक-७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी साउदको मृत्यु भएको हो ।

घाइते हुनेमा चालक नृप साउद, जनक साउद, सज्जन साउद, मनिषा उपाध्याय र अर्का एक नाम नखुलेका व्यक्ति रहेका छन् । उनीहरुलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।