समाचार

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु



रुकुम, १५ भदौ । रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आठबीसकोट नगरपालिका-६ मन्काबगरमा भे१च ७८९३ नंको ट्र्याक्टर सडकबाट करीब १०० मिटर तल भेरी नदीको किनारामा खस्दा आठबीसकोट नगरपालिका-५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका ट्र्याक्टर चालक आठबीसकोट नगरपालिका-६ दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी, सोही ठाउँका १७ वर्षीय बलबहादुर विक र सोही वडाको छिमीका १५ वर्षीय मोहन बोहराको आठबीसकोट नगर अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।