समाचार

घर भत्किएर पुरिँदा बालकको मृत्यु



रामेछाप, १९  भदौ । रामेछापको लिखु तामाकोशी गाउँपालिका-१ खापिङमा घर भत्किएर पुरिँदा एक बालकको मृत्यु भएको छ ।

मंगलबार साँझ घर भत्किएर स्थानीय मनोज थापाका १० वर्षीय छोरा मनिषको मृत्यु भएको प्रहरीले जनाएको छ ।