समाचार

बढ्यो डिजेल तथा मट्टितेलको मूल्य



काठमाडौँ, २ पौष । नेपाल आयल निगमले डिजेल तथा मट्टितेलको मूल्यमा १ रुपैयाँ वृद्धि गरेको छ ।

इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुरूप निगयमले पेट्रोलको मूल्य अथावत राख्दै  डिजल तथा मट्टितेलको मूल्य बढाएको हो । आज राति १२:०० बजेदेखि लागू हुने गरी साविकको डिजल/मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु. १ ले वृद्धि गरी मूल्य समायोजन गरेको छ ।

मूल्य समायोजन पश्चात् भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २०.४१ प्रतिलिटरले सस्तो र डिजेल १७.१६ प्रतिलिटरले नेपालतर्फ सस्तो हुने निगयमले जनाएको छ ।