समाचार

आजको राशिफल



आज २०७६ साल पुष ३गते बिहिबारअष्टमी

मेष (चुचेचोलालिलुलेलोअ)

नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

वृष (इवाविवुवेवो)

बौद्धिक काममा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

मिथुन (काकिकुकेकोहा)
नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ । सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)
प्रेम र मित्रताको बन्धन कसिने बेलाछ ।

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आम्दानी प्रशस्तै बढ्नेछ ।

कन्या (टोपापिपुपेपो)
शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आँटेको र ताकेको कार्य पुरा होला ।

तुला (रारिरुरेरोतातितुते)
मन खिन्न हुने स्थिति आउनसक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

वृश्चिक (तोनानिनुनेनोयायियु)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)
लाभ,हानी,आय,व्यय,सुख,दुस्ख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फलदायी यात्रा नहोला ।

मीन (दिदुदेदोचाचि)
अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

साभारः हाम्रो पात्रोबाट