समाचार

मीनभवनमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु



काठमाडौँ, १३ पौष । काठमाडौँको मीनभवनमा सवारी साधनको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु भएको छ ।

शनिबार राति नम्बर नखुलेको गाडीले पैदल हिँडिरहेकी वृद्धालाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वृद्धाको परिचय खुल्न सकेको छैन । ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।