समाचार

अवैध लागूऔषध पोलेण्ड सहित दुईजना पक्राउ



काठमाडौँ, १४  पौष । बुढानिलकण्ठ नगरपालिका-१० कपन साततलेबाट प्रहरीले अवैध लागूऔषध सहित दुई  जनालाई पक्राउ गरेको छ ।

शनिबार साँझ कपनबाट प्रहरीले अवैध लागूऔषध पोलेण्ड ६ सय ९९ दशमलव ८० ग्राम र डिजिटल तराजु १ थान सहितसहित दोलखाका उर्गेन शेर्पा र डोटी सिलगढी नगरपालिका-४ का २५ वर्षीय बिबेक श्रेष्ठलाई पक्राउ गरेको छ ।

शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई चेकजाँच गर्दा शेर्पाको साथबाट २ सय २४ दशमलव ७० ग्राम र श्रेष्ठको साथबाट ४ सय ७५ दशमलव १० ग्राम गरी उक्त परिमाणको लागूऔषध पोलेण्ड र डिजिटल तराजु सहित फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राऊ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।