अर्थ

नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान



काठमाडौँ, २५ वैशाख । एनआईसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।

वाफ महिला च्याम्पियनसिप  २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई बैंकले सम्मान गरेको हो । बैंकले फुटबल टोलीका ३१ खेलाडीलाई कदर स्वरूप प्रति व्यक्ति २५ हजार रुपैयाँ नगद प्रदान गरेको छ । 

बैंक र अखिल नेपाल फुटबल संघ (एन्फा)बिच आगामी  खेलहरूमा पनि सहयोग गर्ने सम्झौता  भएको छ ।बैंकले   कार्यक्रमकै दौरान अन्जना रानालाई ब्रान्ड प्रमोटरको रूपमा घोषणा  पनि गरेको छ ।