समाचार

वनभोज खाएर फर्किंदै गरेका किशोरमाथि गोली प्रहार



जलेश्वर, १८ पौष । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ ।

गए राति जलेश्वर नगरपालिका–५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका छोरा अन्दाजी १४ वर्षीय अक्षय कापरमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार छातिमा लागेको गोली प्रहारबाट किशोर कापर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि बुधबार राति नै काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको छ ।

सन् २०२० को अवसरमा आफ्नै गाउँसँग टाँसिएर रहेको भारतीय सीमा नजिकै साथीहरुसँग वनभोज मनाएर गाउँ फर्किंदै गरेका किशोरमाथि सोही गाउँमा बस्ने अन्दाजी ३९ वर्षको विनय सिंहले गोली प्रहार गरेको पीडितका परिवारजनले जनाएका छन् ।

गोली प्रहार गरी विनय सिंह भारततर्फ फरार भएका छन् । गोली हान्ने व्यक्तिको पहिचान भइसकेको र  खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।