समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



दाङ, १८ पौष । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ ।

बिहीबार बेलुकी  रा ५ प ८४२ नम्बरको मोटरसाइकल तुलसीपुरको बेलझुन्डीमा दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका ११ कटाँहामा माईतीघर भएकी २४ वर्षीया पवित्रा डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा डाँगी घाइते भएकी थिइन् । उनको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक तुलसीपुर ९ बेलुवाका ४८ वर्षीय कुलबहादुर डाँगी सामान्य घाइते भएका छन् । घाइते डाँगीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।