समाचार

जीप दुर्घटना हुँदा सात जना घाइते



सिन्धुपाल्चोक, १९ पौष । जिल्लाको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डमा बलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बा २ च ६९६५ नम्बरको जीप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौँ लगिएको र अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।