समाचार

विद्युतको पोलमा चिप्लेटी खेल्दा एक बालिकाको मृत्यु



प्युठान, २० पौष । जिल्लाको नौवहिनी गाउँपालिका २ लिगामा विद्युतको पोलमा चिप्लेटी खेल्दा एक बालिकाको मृत्यु भएको छ ।

विद्यालयबाट फर्कने क्रममा सोही ठाउँमा राखिएको विद्युतको पोलमा चिप्लेटी खेल्दा लिगा निवासी सञ्जिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ  ।