समाचार

चिसो बढेसँगै हवाईयात्रुको चाप



नेपालगञ्ज, २० पौष । चिसो बढेसँगै नेपालगञ्ज विमानस्थलमा यतिबेला यात्रुको चाप निकै बढेको छ ।

विमानस्थलमा अहिले दैनिक ५० उडान भइरहेका छन् । यात्रुलाई टिकट पाउन मुस्किल परेको छ ।

दैनिक हवाईजहाज चढेर आवतजावत गर्ने यात्रुको सङ्ख्या एक हजार २०० देखि एक हजार ५०० सम्म पुग्ने गरेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।