समाचार

ट्रकको ठक्करबाट अटोरिक्सामा सवार दुई जनाको मृत्यु



झापा, २० पौष । झापाको दमकमा ट्रकको ठक्करबाट अटोरिक्सामा सवार २ को मृत्यु भएको छ ।

शनिबार राति दमक–९ स्थित क्याम्पसमोडमा मे १ ह ४९१९ नम्बरको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर ०७ जीएच ७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न सकेको छैन । तीन घाइते भएका छन् ।

दुर्घटनामा परी तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।