समाचार

आजको मौसम



काठमाडौँ, २० पौष । आज पनि काठमाडौँ लगायत देशभर चिसो बढेको छ ।

शनिबारसम्म मौसम बदलीसँगै वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार कमजोर हुँदै गएकोले हाल देशका पहाडी र उच्च हिमाली क्षेत्रहरुमा आंशिक बदली भए पनि बाँकी क्षेत्रहरुमा भने मौसम सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिनभरी देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा हुनेछ । भने राति देशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ ।