समाचार

प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ



भक्तपुर, २० पौष । चाँगुनारायण नगरपालिका–२ दुवाकोट बारुदखानास्थित सडकबाट प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका– ३ घर दुवाकोट बस्ने २९ वर्षीय उत्तम थापा मगर छन् ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा ३० प ८६८९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको फेला पारी कागजपत्र माग्दा उक्त नगद दिन खोजे पश्चात् नगदसहित पक्राउ गरेको हो ।