समाचार

२४ घण्टामै काठमाडौँमा ८९४ सवारी चालकमाथि कारबाही



काठमाडौँ, २० पौष । बितेको २४ घण्टामै काठमाडौँ  उपत्यकाभित्र ८९४ जना सवारी चालक कारबाहीमा परेका छन् ।

सडक अनुशासन पालना नगर्ने चालकमाथि कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९१ जना, फुटपाथमा पार्किङ गर्ने ८५ जना, अनावश्यक रुपमा हर्न बजाउने २९ जना र जेब्राक्रसमै साधन रोक्ने १७ जना चालकमाथि कारबाही गरिएको छ  ।

बितेको २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ३३ वटा सवारी दुर्घटनामा परेको छ । दुर्घटनामा परी १ जनाको मृत्यु, एक गम्भीर घाइते र २१ जना सामान्य घाइते भएका छन् ।