समाचार

ट्राफिक नियम उल्लंघन गरे एक लाखसम्म जरिवाना



काठमाडौँ, २१ पौष । सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ ।

हाल सवारी नियम मिच्नेलाई न्युनतम ५०० र अधिकतम पाँच हजार रुपैयाँ जरिवाना गराउने प्रावधान छ। सरकारले अब न्युनतम दुई हजार र अधिकतम एक लाख रुपैयाँसम्म पुर्‍याउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनलाई परिमार्जिन गर्दै सवारी नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गराउने तयारी गरेको हो । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।