समाचार

आज बेलुकीदेखि देशैभर बर्षा र हिमपात हुने (तीन दिनको विवरणसहित)



काठमाडौँ, २१ पौष । मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पश्चिमी वायुको प्रभावले पश्चिमी र पूर्वी भू(भागमा आंशिकदेखि सामान्य बदली रहि मध्य भूभागमा आंशिक बदली रहनेछ ।

पश्चिम र पुर्वका एकरदुई स्थानमा हल्का बर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । यतिखेर भने देशका पश्चिमी र पूर्वी पहाडी भू-भागहरुमा मौसममा आंशिक बदली मात्र रहेको र बाँकी क्षेत्रको मौसम सामान्यतयाः सफा रहेको महाशाखाले जनाएको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

पौष २१ गते (सोमबार)

दिउँसोः देशको पश्चिमी र पुर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि मध्य भू(भागमा आंशिक बदली रहनेछ। पश्चिम र पुर्वका एक दुइ स्थानमा हल्का बर्षाको संभावना छ।

रातिः देशभर सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य र पुर्वी भू(भागका एक दुइ स्थानमा हल्का बर्षाको संभावना छ। देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २२ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमी र मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का बर्षाको संभावना छ भने पुर्वि भू-भागमा आंशिक बदलि रहने छ। देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पश्चिमी भू-भाग, मध्य र पुर्वका पहाडि भु-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का बर्षाको संभावना छ भने मध्य र पुर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा को संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २३ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।