समाचार

मौरीले चिलेर वृद्धाको मृत्यु



चितवन, २१ पौष । चितवनमा मौरीले चिलेर एक वृद्धाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका- ९, बेलटाँडीकी ७६ वर्षीया ठगिया थरुनीको मौरीको टोकाइबाट मृत्यु भएको हो ।

घरमै बसिरहेकी थरुनीलाई मौरीले टोकेपछि उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।