समाचार

घुससहित सहायक वनअधिकृत पक्राउ



बर्दिया, २२ पौष । बर्दियाबाट १० हजार रुपैयाँ घुससहित सहायक वनअधिकृत आनन्द प्रसाद साह पक्राउ परेका छन् ।

काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग उक्त रकम घुसलिँदै गरेको अवस्थामा बबई सबडिभिजन वन कार्यालय बर्दियामा कार्यरत साह पक्राउ परेका हुन् ।

सूचनाको आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सोमबार नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए