समाचार

नौ महिना जेल बसेपछि ‘निर्दोष’ करार



काठमाडौँ, २२ पौष । कसूरअनुसार सजाय भोग्नु त कानुनी नियम नै हो । तर, कसुरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ?

यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो पनि बलात्कारको आरोपमा । २०७५ कात्तिक १३ गतेका दिन एक अपरिचित महिलाले बलत्कारको आरोपमा उनीविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा मुद्दा दर्ता गराइन् ।

त्यसको १४ दिनपछि कात्तिक २७ गते प्रहरीले पाख्रिनलाई जावलाखेलको एक रेष्टुरेन्टबाट पक्रियो । तत्कालीन प्रहरी नायब उपरीक्षक नारायण चिमौरियाको निर्देशनमा खटिएको प्रहरी टोलीले बलात्कार अरोपमा ती महिलाले दिएको जाहेरी पढेपछि पक्राउ गरियो ।