समाचार

आजको मौसम



काठमाडौँ, २२ पौष । आज मङ्गलबार पश्चिमी वायुको प्रभावले पश्चिममा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज यही प्रणालीको असरले पश्चिमको मौसम पूर्णरुपमा नखुल्ने तर मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने साथै आज मध्य र पूर्वको एक दुई ठाउँमा पानी पर्ने सम्भावना  रहेको महाशाखाले जनाएको छ  ।

तर अहिले पश्चिममा वर्षासहित बदली गराएको पश्चिमी वायु पूर्वतिर सर्ने क्रममा रहेकाले बुधबार काठमाडौँसहित मध्य र पूर्वमा पनि पानी पर्ने महाशाखाको भनाइ छ ।

सो प्रणाली आउँदो शुक्रबारसम्मै रहने भएकाले चिसो अझै बढ्ने र चिसाेबाट बच्न न्यानाे कपडा लगाउन, ताताे र झाेलिलाे पदार्थ खान डाक्टरहरुले सुझाव दिएका छन् ।