समाचार

आजको राशिफल



आज २०७६ साल पुस २३ गते बुधवार त्रयोदशी

मेष (चुचेचोलालिलुलेलोअ)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।

वृष (इवाविवुवेवो)
परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ ।

मिथुन (काकिकुकेकोहा)
स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)
कीर्ति वृद्धिका योग देखिन्छन् ।

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । पुनर्मिलनको योगपनि रहेको छ ।

सिंह (मामिमुमेमोटाटिटुटे)
रमणीय र सुखद् यात्राको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।

कन्या (टोपापिपुपेपो)
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

तुला (रारिरुरेरोतातितुते)
आज यात्रामा मालसामान हराउन सक्छ । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग मिल्नेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)
साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)
महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ । आर्थिक उन्नति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)
आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ , तर कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन (दिदुदेदोचाचि)
सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।

साभारः हाम्रो पात्रोबाट