समाचार

सूर्यविनायक नगरपालिकाको अब आफ्नै अस्पतालःसुलभ स्वाथ्य सेवाको आजैबाट शूरुवात



भक्तपुर,५ माघ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सबै भन्दा ठूलो धन नै मानिसका लागि स्वास्थ भएको वताउनु भयो । मेयर थापाले सो कुरा नगरपालिकाको ४ वडामा रहेको स्वास्थ्य केन्द्रलाई औपचारिक रुपमा अस्पतालमा रुपान्तरण गर्ने क्रममा वताउनु भएको हो ।

उहाँले जनताको स्वास्थ्यको सेवा गर्न काममा नगरपालिकाले उच्च प्राथमिकताका दिदै आएको जानकारी गराउँदै अगाडी भन्नु भयो–वडाका प्राय सबै स्वास्थ्य केन्द्रहरुमा निर्वाचित भएर आए लगतै ल्यावको व्यवस्था गरेको र ल्यावमा काम गर्ने कर्मचारीलाई तलबको व्यवस्था समेत नगरापालिकाले गरेको वताउँनु भयो । स्वास्थ्यको क्षेत्रमा नगरपालिकाले फड्को मारेको बताउँदै उहाँले थप्नु भयो–दुई महिना अघि मात्रै नगरपालिकाको विकटमा रहेका ठाउँका जनतालाई स्वास्थ्यका सहज पहूँच पुराएको दावी गर्नु भयो ।

हामीले काका्रवारी, दोलाङ, लयायतका ठाउँहरुमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर संचालनमा ल्याएको वताउनु भयो ।

दधिकोटको गाम्चामा रहेको दधिकोट प्राथमिक स्वास्थ्य सूर्यविनायक नगरपालिकाका मेयर थापाले दुईवर्ष अघि अस्पताल निर्माणका लागि शिलान्यास गर्नु भएको थियो । हिजो उहाँबाटै औपचारिक रुपमा अस्पतालको उद्धाटन गरिएको हो । करिब ६५ लाखको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न ३ कोठाको ३ तल्ले अस्पताल भवनबाट २४ सै घण्टा आकस्मिक सेवा र प्रसूती सेवा उपलब्ध गराईने वडाध्यक्ष उत्तम थापाले जानकारी गराऊनु भएको छ ।
यस क्षेत्रका हजारौं जनताले सस्तो र सुलभ रुपमै स्वास्थ्य सेवा लिई लाभान्वित हुन सकुन भन्ने उद्देश्यले स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गरिएको अध्यक्ष थापाले जानकारी गराए ।