समाचार

विदेशबाट आएका नागरिक राख्न सूर्यविनायकले ग¥यो क्वारेन्टाइनको व्यवस्थापन



भक्तपुर,१० जेठ । विदेशबाट आएका आफ्ना नागरिकहरुलाई १४ दिन सम्म अनिवार्य क्वारेन्टाइनमा राख्ने सूर्यविनायक नगरपालिकाले व्यवस्थापन गरेको छ । राज्यको नीति अनुुसार विदेशबाट घर फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले उनीहरुलाई राख्ने नगरपालिकाले व्यवस्थापन गरेको हो ।

नगरपालिकाका मेयर बासुदेव थापाका अनुसार त्यसरी घर फर्किएकाहरुलाई आफूले तीन खण्डमा विभाजित गरी राख्ने व्यवस्थापन गर्न लागेको हो । नगरपालिका आफैले खर्च व्यर्होनेगरी नगरपालिकाको वडा नं १० को वासघारीमा अवस्थित युवा व्यवसायी एंवम समाजसेवी रोमन शिलाकारको गोदामघरमा राखिने भएको छ । त्यहाँ बस्नेहरुलार्ई खान बस्नेको प्रबन्ध गरिएको छ । त्यसैगरी विदेशबाट आएकाहरु जो व्यक्ति स्वयमको खर्चमा बस्न चाहानेहरुका लागि होटलहरुको समेत व्यवस्थापन गरिएको छ ।

त्यति मात्रै होइन, उनीहरुको घरमा क्वारेन्टाइन राख्नका लागि योग्य छ कि छैन भन्ने अवस्था हरेर होम क्वारेन्टाइनको पनि व्यवस्थापन गरिने भएको छ ।अरनिको हाईवे जगाती देखी साँगासम्मको होटलहरुलाई क्वारेन्टाइन बनाउने कुरामा समेत आजै व्यवसारीहरुबीच छलफल शूरु भएको छ । अरनिको होटल पर्यटन प्रर्वधन संघका पदाधिकारीहरु, नगरपालिकाका प्रतिनिधिहरु र सूरक्षाकमीहरु बीच भएको छलफलमा संघ अध्यक्ष विनोद केसीले आफू सकरात्मक रहेको र केही साथीहरुबीच भोली छलफल गरेको टुंगोमा पुग्ने जानकारी दिनु भयो ।

उहाँले संघसंग आवद्ध होटलहरुको कुल क्षमता २१० वेड संख्या रहेको वताउनु भयो । आजै विहान सो गोदामघरको माननीय महेश बस्नेत, मेयर बासुदेव थापा बीरदल गणका कर्णेल शिव प्रसाद पौडेल, एसपी सविन प्रधान र ८,९ र १० वडाका अध्यक्षहरु लगातले अवलोकन गर्नुभएको थियो ।