राजनीति

सूर्यविनायक नगरपालिकाको सातौ नगरसभा स्थानीय तहको उत्कृष्ट अभ्यासः सांसद बस्नेत

भक्तपुर,५ असार । कार्यक्रमका प्रमुख अतिथि सांसद एव पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिकाको सातौ नगरसभालाई शम्बोधन गर्ने क्रममा सूर्यविनायक नगरपालिको नगरसभाको कार्यक्रम शैली स्थानीय तहको उत्कृट नगरसभा भएको वताउनु भएको छ ।

सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले सातौ नगर सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७ –०७८ को १५५ बुँद्धे वार्षिक नीति तथा कार्यक्रम नगरसभाले पारित गरेको छ । मेयर थापाले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमा कोरोना विरुद्धको संघर्षलाई उच्च प्राथमिकता दिदै कृषि उत्पादनमा जोड दिएको छ ।
नगरसभामा शुभकामना मन्तव्य दिने क्रममा सांसद बस्नेतले भक्तपुरमा निर्माण हुने कुनै पनि साना, ठूला योजना तथा राष्ट्रिय गौरवका आयोजनालाई यो वा त्यो बहानामा रोक्ने सपना नदेख्न चेतावनी दिनुभएको छ ।

सांसद बस्नेतले जनताको विकासप्रतिको चाहनालाई कसैले कुठाराघात गर्न नसक्ने स्पष्ट पार्नुभयो । भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला, कर्वोड हल, आधुनिक वीर अस्पताल, स्मार्ट सिटी, आधुनीक सभागृह, राष्ट्रिय प्राणी उद्यान, कोटेश्वर जडिबुटी सुरुङ मार्गलगायतका राष्ट्रिय गौरवका आयोजनाहरु बन्ने प्रकृयामा गएका छन् ।

जनमुखी पूर्वाधार विकासको क्षेत्रमा हुने नकरात्मक हस्तक्षेपलाई नतोडे आगामी पुस्ताले वर्तमान नेतृत्वलाई समेत सराप्ने भन्दै सांसद बस्नेतले भक्तपुरमा निर्माण हुने अन्तर्राष्ट्रिय रंगशाला, स्मार्ट सिटी लगायतको नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले सडक तथा सदनमा विरोध रहेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाका विकास कुनै पनि हालतमा नरोकीने समेत स्पष्ट पार्नुभयो ।

आफ्नो क्षेत्रमा मात्र नभई अर्को क्षेत्रमा समेत गई सांसद सुवालले विकासको विरोध गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय स्तरको रंगशाला चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाले कहाँ बनाउने हो त्यो ठाउँ टुङ्गो गर्नुस्, एक वन्छ, दुई बन्छ, तीन वन्छ, इन्द्रेको बाउ चन्द्रे आए पनि रोक्न सक्दैन । स्मार्ट सिटी एक वन्छ–दुई बन्छ, राज्यको शुन्य लगानीमा बन्छ ।’

स्मार्ट सिटी बनाउने सरकारको गौरवको आयोजना भएको जसमा दुई वटा भक्तपुरमा दुई वटा वन्ने प्रकृयामा रहेको जसमा सूर्यविनायक क्षेत्रमा एउटा तथा चाँगुनारायण र मध्यपुर थिमी नगरपालिकामा एक वटा परेको उहाँले जानकारी गराउनुभयो । दुई वर्ष भित्रमा सम्पन्न गर्न सकिने उल्लेख गर्दै उहाँले शिपाडोल, नंखेल, चित्तापोल लगायतका क्षेत्रमा दुईवटा नयाँ सहर बनाउने कार्य अघि बढेको समेत जानकारी गराउनुभयो ।

सूर्यविनायक क्षेत्रमा निर्मण गरिने स्मार्ट सिटी निर्माणको लागि रु ४० अर्वको अनुमान गरिएको जानकारी गराउँदै उहाँले उक्त रकम १० प्रतिशतको व्याजमा ऋण लिई सूर्यविनायक क्षेत्रमा विभिन्न वैंक, लगानी कोष तथा वित्तिय संस्थाहरुले लगानी गर्ने बताउनुभयो । उक्त ऋणको चुक्ता बढीमा तीन वर्षसम्ममा फिर्ता गर्न सकिने उल्लेख गर्दै उहाँले काम गर्ने साथै दुई वर्षमा निर्माण सम्पन्न गर्न सकिने बताउनुभयो ।

अनियमितता, भ्रष्टाचार गर्नेलाई कारवाही प्रतिवद्धता पुन दोहोर्याउने उहाँले प्रधानमन्त्रीदेखी शिर्ष व्यक्तिसँग गाली गरेर मात्र समस्या समाधान नहुने साथै प्रक्रियागत रुपमा विधिसम्मत ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सरकारले शुसासन र भ्रष्टाचारको विषयमा वर्तमान सरकारले उत्कृष्ट कार्यहरु गरिरहेको उल्लेख गर्दै आरोप लागेका सवै मानिसलाई कानुनी कठघरामा ल्याएको उदाहरण सहित प्रस्तुत गर्नुभयो । रुकुम घटनामा संलग्न वडाध्यक्षलाई कानुनी कठघरामा ल्याएको समेत उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले भनेको कुरालाई गलत व्याख्या गरी विभिन्न योजनाका साथ केही व्यक्ति वा समुह लागि परेको प्रति आक्रोस व्यक्त गर्दै उहाँले अदुवा, तातोपानी, वेसार इम्युनिटी पावर बढाउने महत्वपूर्ण वस्तु रहेको बताउनुभयो । विभिन्न देशमा कोरोनाका कारण धेरैको संख्यामा मृत्यु समेत भएको उल्लेख गर्दै नेपालमा हालसम्म २२ जनाको मात्र मृत्यु हुनु भनेको नै नेपालीको इम्युनिटी पावर रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘घरमा पाँच जना पाहुना आउँदा व्यवस्थापन गर्ने भन्ने चुनौती हुन्छ । त्यसैले कोरोना रोकथाम तथा नियन्त्रणको लागि अहिलेको क्वारेन्टाइनको व्यवस्थापन गर्न कठिन रहेता पनि तीन तहका सरकारले विशेष रुपमा काम गरिरहेको छ । त्यसको साथ सार्थ नेपालीमा इम्युनिष्ट पावर समेत बढी रहेको हुन्छ । जसमा नेपाली दैनिक जीवनमा खानपानमा प्रयोग गरीले अदुवा, तातोपानी, वेसारलगायतका कुराहरुले इम्युनिटी पावर वढाउने कार्य गर्छ भन्ने विभन्नि विद्वानहरुले समेत उल्लेख गरिसकेका छन् । सोही आधारमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई स्वाल हुँईया गर्नुको कुनै अर्थ छैन । त्यस्तै कोरोना तथा मुलुकको विष्म परिस्थितीमा प्रतिपक्षी भन्नेहरु खट्नु नपर्ने, विगहाउसहरु जिम्मेवारी हुनु नपर्ने रु’

अभाव, पिडा र गरिविबाट मुक्त गराउने नगरपालिकाको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले धारासायी बनेको पर्यटकीय क्षेत्रको विकास गर्न अहिलेको आवश्यकता रहेको औल्याउनुभयो । डोलेश्वर, सिवसर्किट, आशापुरी, सुवर्णेश्वर लगायतका भक्तपुरका महत्वपूर्ण पर्यटकिय क्षेत्रहरु भ्रमण गर्न पर्यटक आउने उल्लेख गर्दै उहाँले कोरोनाले धरासायी बनेको आर्थिक सुदृढिकरणको मेरुदण्डको रुपमा स्थापीत हुने बताउनुभयो ।

जथाभावी प्लटिङ भएको भए कारवाही गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपाल सरकार तथा नगरपालिकाको नीति तथा कार्यक्रममा स्मार्ट सिटीमा उद्योग, कृषी, स्वास्थ्य, शिक्षालगायतका अत्यावश्यक सवै क्षेत्रहरु समेटीएको बताउनुभयो । नीति तथा कहिले पनि पूर्ण नहुने साथै ग्रहण योग्य सुझावलाई समावेश गरी पूर्ण बनाईने उल्लेख गर्दै उहाँले स्वास्थ्य कृषी र उत्पादनका क्षेत्रहरु प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

नगरसभालाई शम्बोधन गर्ने क्रममा सूर्यविनायक नगरपालिको नगरसभाको कार्यक्रम शैली स्थानीय तहको उत्कृट नगरसभा भएको वताउनु भएको छ ।