समाचार

आजसम्म देशभर १ लाख १३ हजारभन्दा बढीले लगाए कोरोना खोप



काठमाडौँ, १९ माघ । कोरोना विरुद्धको खोप अभियानको छैटौं दिन आजसम्म देशभर १ लाख १३ हजारभन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १७५ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् ।

प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा ६ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।