समाचार

आज विश्व क्यान्सर दिवस विविध कार्यक्रम गरि मनाइँदै



काठमाडौँ, २२ माघ । आज विश्व क्यान्सर दिवस ,नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ ।

क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिएको छ ।

विश्वमा प्रत्येक वर्ष  १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ संगठनको तथ्यांक रहेको छ । जसमध्ये करिब ८० लाख मानिसको  मृत्यु हुने गरेको छ ।

नेपालमा प्रतिवर्ष २६ हजार मानिसमा क्यान्सर लाग्ने गरेको बताइएको छ । तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ । हाल नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ ।

नेपालमा सबैभन्दा बढि देखिनेमा फोक्सोको क्यान्सर रहेको नेपाल अर्बुद रोग निवारण संस्थाको तथ्यांकले देखाएको छ । त्यसपछि आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । २२ प्रतिशत क्यान्सर भने  धुमपानका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।