Banner News

माधव नेपाल र प्रचण्डबीच सुटूक्क भेटवार्ता



काठमाडौँ, १ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेर सुटूक्क भेटवार्ता गर्नुभएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलगत्तै अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवासमा पुग्नुभएको हो । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच अहिले छलफल भइरहेको नेपालनिकट स्रोतले जनाएको छ । नेताहरुबीच समसामयिक राजनीतिक परिस्थितिका साथै अब कसरी अगाडि बढ्ने भन्नेमा छलफल भइरहेको बताइएको छ । प्रचण्डसंगको सुटूक्क भेटबाट नेता नेपालले एमाले फुटाउने भित्री रूपमा खेल खेलिरहेको बुझ्न सकिन्छ ।