Banner News

सरकारका महत्वपूर्ण उपलब्धी मन्त्रीले ज्ञवालीले संसदमा सुनाए (सूचीसहित)



काठमाडौं, ६ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले महत्वपूर्ण उपलब्धी हात पारेको बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले सम्बोधन गर्दै उनले सरकारका मुख्य उपलब्धीहरु सुनाएका हुन् । उनले संविधानको उल्लंघन गर्ने छुट कसैलाई नभएको समेत बताएका छन ।

१. नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त: मन्त्री ज्ञवालीले संविधान नम्माने र देशकै अस्तित्वलाई चुनौती दिने समूहलाई शान्तिपूर्ण मुलधारमा ल्याएको भन्दै उनले यसले नेपाल राजनीतिक रुपमा द्वन्द्वमुक्त भएको बताए ।

२. नेपालाई विकासशील राष्ट्रमा स्तरोन्नती गर्न सिफारिस: सीडीपीले नेपाललाई अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नती गर्न सिफारिस गरेको भन्दै उनले यो ठूलो उपलब्धी भएको बताए । उनले अघि भने, अगस्ट सेप्टेम्बरमा पारित गरेपछि अल्पविकसित भन्ने कलंक हट्ने छ, यो नेपालका लागि ठूलो विषय हो ।’

३. मेलम्चीको पानी सुन्दरीजल आइपुग्नु: काठमाडौंका जनताले वर्षौंदेखि पर्खिरहेको मेलम्ची खानेपानी आयोजनाको पानी केही दिन पहिले सुन्दरीजल आइपुगेको उनले बताए । अर्को हप्ताबाट नागरिकको घरघरमा त्यो पानी पुग्ग्ने उनले बताए ।

४. मरिन सुनकोशी डाइभर्सनको काम सुरु: तराई मधेसका ५ जिल्लाको भाग्य बदल्न सक्ने मरिन सुनकोशी डाइभर्सनको काम सुरु भएको उनले बताए । यसले १ लाख ८२ हजारभन्दा बढी जमिनलाई सिचाई गरेर तराईलाई सुन फल्ने ठाउँ बनाउने उनको दाबी छ ।

५. ३९६ पालिकामा आधारभूत अस्पतालको शिल्लान्यास: देशभरका २९६ स्थानीय तहमा न्यनतम ५ देखि १५ वेडका आधारभूत अस्पतालको शिल्लान्यास गरिएको भन्दै उनले हरेक पालिकामा न्यनूतम एउटा अस्पताल हुनुे सुनिश्चित गरेको बताए । यसका साथै हरेक पालिकालाई कालोपत्र सडकले दुई वर्षभित्र जोड्ने गरी सरकारले काम अगाडि बढाएको उनले बताए ।

६. कोरोनाविरुद्ध खोप उपलब्ध गराउने ६० देशमा नेपाल: मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्ध समयमै खोप उपलब्ध गराउने ६० मुलुकमा नेपाल परेको बताए ।

७. लिपुलेक औपचारिक एजेण्डा बन्यो: परराष्ट्रमन्त्री ज्ञवालीले केही समय पहिले भएको नेपाल भारत संयुक्त बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई औपचारिक एजेण्डा बनाएको समेत जानकारी दिए ।